Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वमन्त्री बाँस्कोटाको घरमा रिमोर्ट कन्ट्रोलबाट बिस्फोट!

    पूर्वमन्त्री बाँस्कोटाको घरमा रिमोर्ट कन्ट्रोलबाट बिस्फोट!

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा रिमोट कन्ट्रोलबाट बम बिस्फोटन गराइएको खुलेको छ।

    बाँस्कोटाको घरमा बुधबार विहान प्रेसर कुकर बम रिमोर्ट कन्ट्रोलबाट गराइएको प्रहरीले बताएको छ। घटनास्थलभन्दा पाँच सय मिटर टाढा रिमोर्ट फेला परेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ। बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको छ।



    बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।



    यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैबीच बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार