Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा गुरुङ पक्राउ

    बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा गुरुङ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बिस्फोट गराएको आशंकामा एक जना पक्राउ परेका छन् ।

    बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट देव गुरुङ पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका गुरुङमाथि प्रारम्भिक बयान लिने काम जारी रहेको प्रहरीले जनाएको छ ।



    बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको छ। बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।



    यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैबीच बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार