Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बम विस्फोट प्रकरण: विप्लव समूहका जिल्ला सदस्य पक्राउ

    बम विस्फोट प्रकरण: विप्लव समूहका जिल्ला सदस्य पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बिस्फोट गराएको आशंकामा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह भक्तपुरका जिल्ला सदस्य पक्राउ परेका छन्। मनोहरा सुकुम्बासी बस्तीबाट जिल्ला सदस्य देव गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पक्राउ गरेको हाे ।

    घटनाको जिम्मा लिएको नेत्रविक्रम चन्द महासचिव रहेको नेकपाका जिल्ला सदस्य गुरुङको योजनामा बास्कोटाको घरमा विस्फोट गराईएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए ।



    घटनाका विषयमा विवरण संकलनसहित संलग्नहरूको खोजीमा महाशाखा सक्रिय रहेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरले पनि घटनाको छुट्टै अनुसन्धान जारी राखेको बताइएको छ । बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको छ। बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।



    यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैबीच बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार