Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक घण्टाभित्रै आफ्नो निर्णय किन उल्ट्यायो सरकारले ?

    एक घण्टाभित्रै आफ्नो निर्णय किन उल्ट्यायो सरकारले ?

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 3.5K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ ।

    केही समय अघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले
    १५ बुँदे निर्णय गर्दै एसईई परीक्षा भने प्रत्येक केन्द्रमा हेल्थ डेक्स राखेर सञ्चालन गर्ने निर्णय गरेको थियो ।



    तर, त्यसको एक घण्टा वित्न नपाउँदै कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।



    एक घण्टा भित्रै किन निर्णय परिवर्तन गरियो भन्ने विषयमा भने मन्त्री पोखरेलले भने केही बताएका छैनन् ।

    यसअघि सरकारले गरेको निर्णयको १२ नंं. बुँदामा ‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्ष प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने । तर, बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’ उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार