Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कोरोनाबाट मृतकको संख्या १३ हजार, संक्रमितको संख्या ३ लाख नाघ्यो

    कोरोनाबाट मृतकको संख्या १३ हजार, संक्रमितको संख्या ३ लाख नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी । कोरोनाका कारण मृत्यु हुनेको संख्या संसारभर १३ हजार ३२ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

    चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।



    अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार