Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना महामारी : भारतमा २१ दिनका लागि लकडाउन घोषणा

    कोरोना महामारी : भारतमा २१ दिनका लागि लकडाउन घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । भारतमा मंगलबार रातिदेखि २१ दिनका लागि लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण फैलिंदै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई २१ दिनसम्म घरमै रहन आह्वान गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोक्न १५ हजार करोड रुपैयाँ छुट्याएका छन् । त्यो रकम आइसोलेसन कक्ष, आइसीयु, भेन्टिलेटरको तयारीका लागि खर्च गर्ने बताएका छन् । मोदीले २१ दिनका लागि लकडाउन लामो भएपनि जनताको जीवन रक्षाका लागि त्यो भन्दा अर्को विकल्प नभएको बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार