Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय जासुसी संस्थाको डिजाइनमा बाबुरामले अपहरणको फन्डा मच्चाएको आरोप

    भारतीय जासुसी संस्थाको डिजाइनमा बाबुरामले अपहरणको फन्डा मच्चाएको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । डा.बाबुराम भट्टराई र उनका सहयोगी विश्वदीप पाण्डेले लेखेको ट्वीटको आधारमा तत्कालीन समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको अपहरण उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकुले अस्वीकार गरेको छ ।

    उजुरी दिन बाबुरामको नेतृत्वमा उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि,अपहरणमा परेका भनिएका सांसद सुरेन्द्र यादवलगायत परिसर पुगेका थिए । तर, प्रहरीले घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाव दिएपछि उनीहरु फर्केका थिए।



     डा. यादवले शुरुमा यो अपहरण नभएको आफैले बयान दिएका थिए ।  ११ गते विहान यादवले एक टेलिभिजनमा दिएको अन्तवार्तामा अपहरण नभएको उल्लेख गरेका थिए ।
    तर, लैनचौरस्थित भारतीय गुप्तचर संस्था ‘र’को डिजाइनमा डा. भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतोलाई पनि प्रयोग गर्दा समेत अपहरणको मुद्दा दर्ता गराउने खेल पुरा हुन नसकेको नवगठित जनता समाजवादी पार्टीका एक नेताले दाबी गरे।
    उनले भने- ‘जाहेरी दर्ता भएको भए प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने गरी उनीहरुले अर्को फन्डा मच्चाउने योजना बनाएका थिए। बाबुराम त्यसै पनि भारतीय जासुसी संस्थासँग नजिक रहेको र यो घटनालाई पुरै दुतावासले उचालेको हो।’
     होटेल म्यारियटबाट बाबुरामको घर पुगेपछि यादबको बोली फेरिएको थियो। यसैमा भारतीय गुप्तचर संस्थाको प्रवेस पाएको स्रोतको दाबी छ।
     बाबुरामको घरमा बसेपछि उनैको मोबाइलबाट यादवले बिभिन्न मिडियाहरुमा बोली फेरेर अन्तर्वाता दिएका थिए। यादबले मिडियाहरुमा बाबुरामले जे -जे सिकाए त्यही बोलेर अन्तर्वाता दिएका थिए।
     बाबुरामको बिगतदेखी नै भारतीय गुप्तचरहरुसँग रहस्यमय सम्बन्ध रहेका कारण पनि उनले गुप्तचरहरुकै प्रभावमा परेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्याउन ‘अपहरण अस्त्र’ प्रयोग गरेको स्रोत वताउंछ।

    जाहेरी दर्ता गर्न जाँदा पनि बाबुरामले मिडियालाई बोलाएर ‘स्क्यान्डल’ मच्चाएको  हुँदा उनको भूमिका संकास्पद देखिन्छ।  उनी हूल बाँधेर काठमाडौं प्रहरी परिसर टेकुमा पुगेका थिए । बाबुरामहरुलाई पहिले नै थाहा थियो– राजनीतिक विवादको विषयलाई आधार बनाएर अपहरणको आरोप लगाउँदा जाहेरी दर्ता हुँदैन ।



    दर्ता नै नहुने खालको जाहेरी बोकेर जाने, दर्ता नभएपछि त्यसैलाई ईश्यू बनाएर फन्डा मच्चाउने बाबुरामको रणनीति प्रस्ट रहेको देखिन्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार