Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अपहरण नाटक मात्र: प्रमाण नै नभएपछि बाबुराम र सुरेन्द्रको समुहलाई ठुलो झट्का !

    अपहरण नाटक मात्र: प्रमाण नै नभएपछि बाबुराम र सुरेन्द्रको समुहलाई ठुलो झट्का !

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 4.9K
    SHARES

    काठमाडौं। अपहरणको फण्डा मच्चाएर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न खोज्ने समाजवादी पार्टीका नेताहरु सांसद सुरेन्द्र यादव, डा.बाबुराम भट्टराई, उपेन्द्र यादब, राजेन्द्र महतोलगायतको समूहलाई ठूलो झट्का लागेको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यादव अपहरण प्रकरणको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेसँगै अपहरण प्रकरण नाटक मात्र भएको प्रमाणित भएको  छ ।



    राजनीतिक स्टन्ड बनाउन पूर्वप्रधानमन्त्री डा. भट्टराई, उपेन्द्र यादवलगायतले सो प्रकरण निकालेको प्रहरी अनुसन्धानको प्रमाणले देखाएको छ ।



    प्रहरीको अनुसन्धान टोलीले सांसद यादवको घरमा पुगेर घटनास्थलको विवरण लिनुका साथै परिवारसँग सोधपुछ गरेर मुचुल्का तयार गरेको थियो । यस्तै अरु विभिन्न ठाउँका मुचुल्का र सीसीटीभीका फुटेज पनि प्रहरीले बुझाएको छ ।

    काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सर्लाहीको गौतम होटल, काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्ट र काठमाडौंको म्यारियट होटलको सीसीटीभी फुटेज पनि बुझाइएको छ ।

    यीबाहेक पनि अपहरण होइन भन्ने प्रमाण फेला परेको प्रहरीको दाबी छ । प्रहरीले परिवारको बयान, सांसद यादवले विभिन्न संचारमाध्यममा दिएको बयान, काठमाडौं आउँदा बाटोमा विभिन्न नेतासँग गरेको टेलिफोन लगायतका प्रमाण पनि बुझाएको छ । यसका साथै केही लिखित प्रमाण नै फेला पारेको र जसले अपहरण होइन भन्ने पुष्टि गर्ने प्रहरीको भनाई छ ।

    प्रहरीले उनीहरु पुगेका तीन वटै होटलका कर्मचारीलाई समेत त्यहाँ रहँदाको अवस्थाबारे सोधपुछ गरेको थियो । त्यहाँ पनि अपहरण भएको भन्ने कसैबाट नआएको परिसरले काठमाडौंले जनायो ।

    ठमाडौंका सह-न्यायाधिवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताए ।

    काठमाडौंका प्रमुख सरकारी वकिल हरिप्रसाद रेग्मीले थप प्रमाण ल्याएपछि जनाउने गरी अहिलेलाई सांसद यादवको अपहरण प्रकरण तामेलीमा गएको जानकारी दिए। प्रहरीले पनि प्रमाण नपुगेपछि सांसद यादवको मुद्दा तामेलीमा राखिपाउँ भन्ने राय दिएको उनले बताए।

    प्रमुख सरकारी वकिल रेग्मीका अनुसार यादवसँगै गएका समाजवादीकै नेता उमाशंकर अगरिया , यादवका भिनाजु र बडीगार्डहरूको बयान पनि सामेल थियो। उनीहरूले ‘यादबको अपहरण होइन राजनीतिक विषय हो’ भनेर बयान दिएका थिए।

    यी सबैका आधारमा यो अनुसन्धानलाई तामेलीमा राख्ने निर्णय भएको उनले जानकारी दिए।

    वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ  र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए।

    मुद्दा तामेलीमा परेसंगै मुख्य रुपमा अपहरणको फण्डा मच्चाउने बाबुराम भट्टराईलगायतको योजना बिफल भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार