Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एमालेले आफ्नो सांसद अपहरण गरेको जसपाको आरोप

    एमालेले आफ्नो सांसद अपहरण गरेको जसपाको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.6K
    SHARES

    बुटवल – जनता समाजवादी पार्टीले नेकपा एमालेले आफ्ना प्रदेश सांसदलाई अपहरण गरेको आरोप लगाएको छ। जसपाले लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कमा नभएको बताउँदै एमालेलाई यस्तो आरोप लगाएको हो।

    केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएकी थिइन्। तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिएका छन्।



    गत असार ३१ गते सांसद ढेंगाले एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको बताइएको थियो।



    आफूले पटकपटक फोन गरेको जानकारी दिँदै यादवले फोन रिसिभ नभएको बताएका छन्। त्यस्तै यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध व्यक्तिले अपहरण गरेको र मन्त्री बनाउन थालिएको सूचना आएको पनि जानकारी दिए। उनको खोजीका लागि प्रहरीमा उजुरी पनि दिन लागिएको बताइएको छ।

    जसपा प्रदेश समितिका एक नेताले सांसद ढेंगालाई ८० लाख रुपैयाँ दिने र मन्त्री बनाउन अपहरण गरिएको आरोप लगाए। ढेंगा पाल्पा जिल्लाबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन्।

    ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ। विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन्।

    निर्णायक अवस्थामा सभामुखले मतदान गर्दा सरकार एक मतले अल्पमतमा पर्ने अवस्था छ। सोही कारण असार ३१ गते प्रदेश सभाबाट वहुमतले बजेट पारित नहुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलसहित एमाले सांसदले प्रदेश सभा वैठक कहिस्कार गरेर हिंडेका थिए। र सोही राति सरकारले अधिवेशन अन्त्य गरी अध्यादेशबाट वजेट ल्याएको थियो।

    बहुमत गुमे पनि जसपाको आधिकारिता विवादलाई देखाएर विपक्षीका सांसद फकाएर पुनः वहुमत सिद्ध गर्ने कसरतमा मुख्यमन्त्री पोखरेल निरन्तर क्रियाशील रहेको विपक्षीको आरोप छ।

    यसअघि जसपाकै चारजना सांसदलाई सरकारमा सहभागी गराएर वहुमत पु¥याएको भएपनि असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि अल्पमतमा परेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार