Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद सिलवाल भन्छन् -सुरेन्द्रको अपहरण भएको होइन, प्रधानमन्त्रीमाथि प्रहार गरिएको हो

    सांसद सिलवाल भन्छन् -सुरेन्द्रको अपहरण भएको होइन, प्रधानमन्त्रीमाथि प्रहार गरिएको हो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 5.9K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का साँसद नवराज सिलवालले सांसद सुरेन्द्र यादवको अपहरण नभएको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गर्ने ढंगले घटनालाई अतिरन्जित गराएर बाहिर ल्याइएको वताएका छन्।

    पत्रकार ॠषि धमलासँग जनता जान्न्न चाहन्छन् कार्यक्रममा बोल्दै साँसद सिलवालले यो घटनामा साँसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल निर्दोश रहेको समेत उल्लेख गरे। सांसद सिलवालले यो बाबुराम भट्टराईहरुको राजनीतिक स्टन्ट भएको पनि दाबी गरे।



    सांसद सिलवालले भने- ‘यो अलिकति बढी राजनीति भयो, मधेश (जनता समाजवादी पार्टी)का नेताहरुले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलज्युलाई बदनाम गर्ने, प्रहार गर्ने ढंगले यो घटना बाहिर आएको हो।



    मेरो आफ्नो अनुभवले के भन्छु भने कुनै पनि क्राइममा इन्टेन्ट भन्ने हुन्छ। क्राइम गर्ने इन्टेन्ट नभइकन क्राइम हुँदैन। क्राइम गर्ने मनसाय छ कि छैन भन्ने कुरा इन्टेन्ट स्थापित नभइकन क्राइम हुँदैन।

    अघिले जुन अपहरण काण्ड भनेर आइरहेको छ त्यो अपहरण नै होइन, यो राजनीतिक मुद्दा हो। राजनीतिक माइलेज पाउन सकिन्छ भनेर रचिएको घटना मात्र हो। सुरेन्द्र यादवजी ल न मलाई मन्त्री बनाइदिनु परो भनेर सँगै आउने अनि यहाँ आइसकेपछि फेलर भएर आफ्नो राजनीति जोगाउन अर्कोलाई आरोप लगाउने। यसमा क्रिमिनल इन्टेन्ट छैन। ‘

    सांसद सिलवालले सर्वेन्द्र खनाल ३० बर्ष कानुन कार्यन्वयनमा बसेको मान्छेले आँफै अपहरणमा गएको भन्ने कुरा कल्पना पनि गर्न नसक्ने वताए। डा.बाबुराम भट्टराईलगायतका जसपाका नेताहरुले यहि घटनाको बैशाखीमा टेकेर जनताबाट सहानुभुती लिन सकिन्छ कि भनी यो नाटक रचेर तहल्का मच्चाएको पनि सांसद सिलवालले उल्लेख गरे ।

    भिडियो हेर्नुहोस्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार