Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बुहराष्ट्रिय राज्यको माग गर्ने बाबुराम कहाँबाट संचालित छन् ?

    बुहराष्ट्रिय राज्यको माग गर्ने बाबुराम कहाँबाट संचालित छन् ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विगतमा आम नेपाली जनताले पिएचडि गरेका एक बौद्धिक व्यक्तिको रुपमा परिचित भए पनि पछिल्लो समय उनका अभिव्यक्ति तथा व्यवहारबाट बौद्धिकता गुमेका व्यक्तिको परिचय बनाउँदै गएका छन् ।

    भट्टराईको व्यवहार राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय अखण्डताको पक्षमा नभई मुलुकलाई विखण्डन तथा हत्या, हिंसा, आतंक लगायतको बाटोतर्फ देखिएको  छ ।



    बुहराष्ट्रिय राज्यको माग गर्ने, राष्ट्रिय स्वाभिमानको विरुद्धमा प्रस्तुत हुने, झुटको खेती गर्नेलगायतका असंख्य उनका स–प्रमाण सहितका मुलुक विरोधी गतिविधिहरु देखिएका छन् ।



    जनता समाजवादी पार्टीको घोषणामा नै बहुराज्यको मुद्धालाई समावेश गरी भारतीय गुप्तचर संस्था ‘रअ’द्वारा परिचालित  भएको उनको व्यवहारवाट देखिएको छ ।

    त्यती मात्र हैन,भट्टराईले आफ्नो जीवन कालमा राजनीति गर्ने क्रममा हालसम्म छेपारोले रङ फेरेजस्तै प्रायः वर्षै पिच्छे दल फेर्ने गरेका छन् । उनले हालसम्म आठ वटा पार्टीमा राजनीति गरेता पनि स्थायीत्व भने शुन्य रहेको छ ।

    जुन पार्टीमा गयो त्यही पार्टीलाई समाप्त पारेका छन् । जुन इतिहास साच्छी छ । पार्टीमात्र समाप्त पार्दैनन् कि उनको पार्टीमा लागेका सम्पूर्ण नेताको राजनीतिक भविष्य समेत अन्धकार बनाइदिन्छन् ।

    पछिल्लो समय राजनीतिक कुरालाई सांसद अपहरणको केसमा अनावश्यक राजनीतिक फण्डामात्र गरेनन् कि उनले कानुनी उपचारको बाटो खोज्दै हिडिरहेका छन् ।

    तर कानुनी प्रावधान अनुसार उनी आफुले खनेको खाल्डोमा आफै पर्ने अवस्था देखिएको छ । डा. सुरेन्द्र यादवले विभिन्न सञ्चार माध्यममा दिएको अन्तरवार्ता, होटल मेरियटमा आफ्नै परिचयपत्रको माध्यमबाट प्रवेश, आङकाजी शेर्पाले आफ्नो सामाजिक सञ्जालमा गरेको लाईभ, सांसद कौशल यादवले गरेको टेलिफोन कुराकानीलगायतका असंख्य प्रमाणहरुले स्पष्ट रुपमा अपहरण हैन भनि बोलेको देखिन्छ ।

    तर, उनले सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा प्रकाशित भएका समाचारले उनको झुटको खेतीमात्र नभई उनका काला कर्तुतहरुसमेत एक पछि अर्को गर्दै खुल्दै गएका छन् ।

    ‘रअ’ प्रयोगमा परिचालित भएका उनेको व्यवहारबाट नै प्रष्ट भएको छ । यो सँगै उनलाई साइवर क्राइममा कारवाही हुने देखिएको छ ।

    यती मात्र हैन, हिजो उनी प्रधानमन्त्री हुँदै संसदलाई नै लत्याउन सफल भएका  भट्टराईले अहिले जनताबाट अत्याधिक बहुमतका साथ निर्वाचित जनप्रतिनिधि तथा प्रधानमन्त्रीको राजिनामा माग्न समेत भ्याए ।

    जुन उनको हैसियत के हो ? भन्ने आम नेपाली जनताले राम्रै सँगै बुझेका छन् । प्रधानमन्त्री केपी ओलीले उनका काला कर्तुतहरुलाई उजागर गरी कानुनी कारवाही गर्ने लक्षण पाएसँगै उनले आफ्नो गुमेको बैद्धिकता प्रयोग गरी राजनीतिक रुपमा विभाजन गरी सरकार ढाल्ने खेलमा लागेका छन् । यो सवैले बुझेका छन् ।

    तर उनको यो खेलमा कतिपय कुर्सीको लागि मरिहत्ते गर्ने सत्तारुढ दलकै नेतृत्वहरु समेत मुछिएका छन् । यही कुर्सीकै खेलको लागि प्रधानमन्त्री केपी ओलीलाई कमजोर बनाउन अपहरणको मुद्धालाई उचाल्न समेत आफ्नै पार्टीका केही नेतृत्व लागि परेको स्पष्ट देखिएको छ । आखिर किन कुर्सीकै लागि यो खेल ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार