Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अपहरण काण्डमा बाबुरामको प्रयोगपछि ‘रअ’को मिसन सफल !

    अपहरण काण्डमा बाबुरामको प्रयोगपछि ‘रअ’को मिसन सफल !

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 12.6K
    SHARES

    काठमाडौं। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (‘रअ’) ले नेपालमा आफ्नो प्रभाव फराकिलो बनाउन थालेको छ ।

    जब नेपाल नीतिमा भारतको भूमिका कमजोर भएको भन्दै दिल्लीस्थित ‘रअ’को मुख्यालयले काठमाडौं स्टेशनका प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएर उनको ठाउँमा अभिजित हल्दरलाई पठायो, त्यसपछि ‘रअ’को गतिविधि झन सक्रिय भएको विभिन्न घटनाक्रमहरुले देखाएको छ।



    पछिल्लो समय कथित सांसद अपहरण काण्डमा पनि हल्दर लगायत गुप्तचर अधिकारीहरुको भूमिका सँकास्पद देखिएको कुराले नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले चर्चा हुन थालेको छ।



    मन्त्री बन्ने लोभमा सांसदद्वय महेश बस्नेत,किशान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालसँग काठमाडौं आएका सुरेन्द्र यादवलाई अपहरणको फण्डा मच्चाउन भारतीय गुप्तचरहरुले बाबुराम भट्टराईलाई प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो झट्का दिन सफल भएको नेकपाकै एक केन्द्रिय सदस्य दाबी गर्छन्।

    यादवले शुरुमा यो अपहरण नभएको भन्दै विभिन्न मिडियाहरुमा आफैले बयान दिएका थिए । तर, होटेल म्यारियटबाट बाबुरामको घर पुगेपछि यादबको बोली फेरिएको थियो। यसैमा भारतीय गुप्तचर संस्थाको प्रवेस पाएको स्रोतको दाबी छ।

    बाबुरामको घरमा बसेपछि उनैको मोबाइलबाट यादवले बिभिन्न मिडियाहरुमा बोली फेरेर अन्तर्वाता दिएका थिए। यादबले मिडियाहरुमा बाबुरामले जे -जे सिकाए त्यही बोलेर अन्तर्वाता दिएका थिए।

    बाबुरामको बिगतदेखी नै भारतीय गुप्तचरहरुसँग रहस्यमय सम्बन्ध रहेका कारण पनि उनले गुप्तचरहरुकै प्रभावमा परेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्याउन ‘अपहरण अस्त्र’ प्रयोग गरिएको स्रोत वताउंछ।

    घटना भएको बैशाख १० गतेपछि हालसम्म मात्र बाबुरामले ‘रअ’का अधिकारीहरुसँग पाँच पटक सम्म वार्ता गरेको लैनचौर स्रोतको भनाइ छ।  जहाँ सम्म काठमाडौँमा रअ’ले नेपाल(-चीन सम्बन्धको गहिराइ, सीमावर्ती गतिबिधि, नेपालको प्राकृतिक स्रोत माथिको आकर्षण र उपयोगिता, सरकारी तथा दलहरुका राजनीतिक प्रवृत्तिहरुमाथि बोलकबोल राख्दै आएको छ।

    नयाँ दिल्लीको ७० बर्ष भन्दा पुरानो नेपालमाथिको सुरक्षा अवधारणा ‘रअ’ का लागि संधै चासोको बिषय हुने गरेको छ ।

    सोही अनुसार नयाँ दिल्लीले लाजिम्पाटको भारतीय दूताबासलाई शक्तिशाली बनाएको छ ।

    एक बर्षअघि नै बाबुरामको समूहलाई प्रयोग गरेको थियो ‘रअ’ले 

    गत साउनमा ‘रअ’का नेपाल चिफ अभिजित हल्दरले राजपा अध्यक्ष मण्डलका ६ जनालाई काठमाडौंको द्धारिकाज् होटलमा बोलाएर गोप्य भेटघाट गरेका थिए ।

    उनले त्यहाँ बोलाउनुको मुख्य कारण थियो नेपालका क्षेत्रीय दलहरुलाई एक ठाउँमा उभ्याएर राष्ट्रिय दललाई काउण्टर दिनु । तर, तत्काल त्यो संभव भएन । स्रोत भन्छ- उनले त्यतिबेला भनेका थिए भारतीय सरकारको चाहाना यो छ कि तपाईहरु र बाबुराम भट्टराई तथा उपेन्द्र यादव एक ठाउँमा उभिनु पर्छ त्यसका लागि भारत सरकारले के कस्तो सहयोग गर्नु पर्छ त्यो तयार छ ।’

    त्यसलगत्तै बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा मत बाझिए पछि त्यो संभव भएन । त्यसको लगत्तै भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आए । राजपा अध्यक्ष मण्डललाई जयशंकरले सामूहिक भेट्ने पूर्व निर्धारित कार्यक्रम थियो । त्यसैका लागि उनीहरु द्धारिकाज होटल पुगेका थिए ।

    राजपा अध्यक्ष मण्डलका राजकिशोर यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी र अनिल झा द्धारिकाज् होटल पुग्दा जयशंकर चाहिँ याक एण्ड यति होटलमा अर्को कार्यक्रममा थिए ।

    स्रोतका अनुसार अध्यक्ष मण्डललाई अभिजित हल्दर र सहायक प्रमुख स्टालिन लगायतले एउटा कोठामा लगेर बाबुराम उपेन्द्रसँग तत्कालै पार्टी एकीकरण गर्न निर्देशन दिएका थिए।  हल्दरले त्यतिबेला  केही बर्षमै केपी ओलीलाई हटाएर बाबुराम भट्टराई यो देशको प्रधानमन्त्री बनाउनु पर्छ भन्दै आश्वसन दिएको जानकार स्रोत दाबी गर्छ।

    जयशंकर फर्केको भोलीपल्ट राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग ‘रअ’का नेपाल प्रमुख अभिजितले भेटेका थिए ।

    उनले राजकिशोरलाई तत्काल पार्टी एकीकरणको मिति घोषणा गर्न र कार्यक्रम राख्न भने । त्यही अनुसार बैठक पनि बसेको थियो ।  राजपाका एकथरी नेताहरु पार्टी एकीकरणको तयारीमा लागिसकेका थिए । राजेन्द्र महतो र महेन्द्र यादवको दुई सदस्यीय टोलीले एकीकरणका लागि बाबुराम, उपेन्द्र र अशोक राईसँग वार्ता गरिसकेको थियो ।

    बाबुरामले वार्ता केही अर्थ छैन,तत्कालै एकीकरणको मिति घोषणा गर्नुस् भनेर राजेन्द्र महतोलाई अह्राएका थिए । तर, यो विषयले अहिले पूर्णता पाएर दुई पार्टी एकीकरण भएपछि ‘रअ’को मिसन सफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार