Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सांसद खोजी गर्न छोडेर मध्यरातमा किन पार्टी एकता गरियो ?

    सांसद खोजी गर्न छोडेर मध्यरातमा किन पार्टी एकता गरियो ?

    कृष्ण ढुंगाना 'सारथी'
  • आइतबार, १४ बैशाख २०७७
  • 5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । डा.बाबुराम भट्टराई र उनका सहयोगी विश्वदीप पाण्डेले लेखेको ट्वीटको आधारमा सांसद डा. सुरेन्द्र यादवको अपहरण उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकुले अस्वीकार गरेको छ ।

    उजुरी दिन बाबुरामको नेतृत्वमा उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि,अपहरणमा परेका भनिएका सांसद सुरेन्द्र यादवलगायत परिसर पुगेका थिए । तर, प्रहरीले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने जनाउँदै घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाव दिएपछि उनीहरु फर्केका थिए।



    सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पुर्व आईजिपी सर्वेन्द्र खनालले पुर्व स्वास्थ्य मन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको भन्ने आरोप निम्न तथ्यहरुले  झुटो ठहर्छ



    १. डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंडेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौंसम्म आउँदा आफुले अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन।

    २. डा. यादवको पिएसओले समेत अपहरणको सूचना प्रहरीलाई दिएको देखिदैन।

    ३.आफ्नो स्वविवेक नभएका र राजनीतिका कच्चा खेलाडी जस्ले मन्त्री पदको लोभमा दोधार दोधारमा काठमाडौ आए।

    ४. बाटोमा प्रधानमन्त्रीका नीजि सचिवसँग पनि फोनमा कुरा गरेको।

    ५. घरमा खाना खाई भिनाजु समेत गाडिमा लिएर आएको।

    ६. स्वयम यादवले फोन अर्को गाडीमा छुटेकाले सम्पर्क हुन नसकेको र डा. बावुराम भट्टराईलाई फोन गर्न नयाँ फोन नम्बर दिएको र बाटोमा पटक पटक फोन गरेर उपेन्द्र यादवलाई कहाँ आउ भनेर सोधेको भनी अन्तर्वार्ता दिएको।

    ७.काठमाडौं आईपुग्नु अगावै मध्यरातमा पार्टी मिलेकाले समाजबादी पार्टी फुटने अवस्था नरहेको र मन्त्रीको पद नपाउने भए पछि उपेन्द्र यादवलाई फ‍ोन गरी बाबुराम भट्टराईको गाडीमा होटेलबाट गएको।

    ८.काठमाडौं आएर दिएक‍ो सुरुसुरुका अन्तर्वाताहरुमा उनी स्वंयमले अपहरण नै त भन्न मिल्दैन भनेको।

    ९.पुर्व प्रधानमन्त्री भट्टराईले घरमा राखि अन्तर्वार्तामा परिवर्तन गर्न दवाब दिएको।

    १०. काठमाडौं आउने क्रममा सांसद यादवसँग सम्पर्क नभएपछि बावुराम भट्टराई र उपेन्द्र यादवहरु आफ्नो सांसद खोजी गर्न छोडेर किन मध्यरातमा पार्टी एकता घोषणा गर्न लागे?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार