Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

    कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    उनीहरु  १६ र २२ वर्षीय पुरुषहुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या १०१ पुगेको छ ।



    मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको छ ।



    गत २४ घन्टामा १ हजार ४५१ नयाँ नमूना परीक्षण भएको छभने सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार