Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सेनाका कर्णेलले चलाएको कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

    सेनाका कर्णेलले चलाएको कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । लकडाउनका बेला रविभवनमा भएको दुर्घटनामा परी एक जना मोटरसाइकल चालकको ज्यान गएको छ ।

    नेपाली सेनाका प्रमुख सेनानीले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको हो ।



    कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।



    कारका चालक प्रमुख सेनानी शिखर राणा चलाएको बा२१च ४३४७ कार र मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलाल बा७२प ८१७२ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा गेलालको ज्यान गएको हो ।

    कुखुराको मासु बोकेर आएका गेलालको दुर्घटनामा परी मृत्यु भएपछि कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार