Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सीमामा अब भारतकै सरह सशस्त्रको बीओपी

    सीमामा अब भारतकै सरह सशस्त्रको बीओपी

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारत बराबरकै रहने गरी ४ गुणाले बढाउने भएको छ । 

    हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पुर्‍याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । 



    त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् ।



    सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोही अनुसार खाका तयार भइरहेको जानकारी दिए । आजको राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार