Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ

    बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 5.1K
    SHARES

    पोखरा। चितवनकी एक महिलालाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेकाे आरोपमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले एसएसपी अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।



    चितवन भरतपुरकी ति महिलाले प्रहरी समक्ष सशस्त्रका एसएसपी अधिकारीले उनकै कार्यलयमा लगेर बलात्कार गरेको बयान दिएकी थिइन ।



    एसएसपी अधिकारीले आफुलाई लट्याउने औषधी प्रयोग गरी बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी हुन् ।

    यस अघि थप अनुसन्धान गर्न घटनास्थलमा पुगेको कास्की प्रहरीले एसएसपी अधिकारी फरार भएको जानकारी दिएको थियाे । तर, अहिले उनी पक्राउ परेकाे र थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार