Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी फरार !

    बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी फरार !

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 6.2K
    SHARES

    पोखरा। चितवनकी एक महिलालाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेकार आरोप लागेको सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी फरार भएका छन् ।

    चितवन भरतपुरकी ति महिलाले प्रहरी समक्ष सशस्त्रका एसएसपी अधिकारीले उनकै कार्यलयमा लगेर बलात्कार गरेको बयान दिएकी छन् ।



    एसएसपी अधिकारीले आफुलाई लट्याउने औषधी प्रयोग गरी बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी हुन् ।



    यस सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको तर, एसएसपी अधिकारी फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार