Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना अपडेट : विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४७ लाख ९८ हजार संक्रमित

    कोरोना अपडेट : विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४७ लाख ९८ हजार संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

    २६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ ।



    १७ लाख ८० हजार ७५३ जना संक्रमित भएकोमा ७ लाख ६९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ८३ हजार ४३६ पुगेको छ ।



    यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २३ हजार २१७ जनाको मृत्यु भएको छ । ४ लाख ४० हजार १८२ जना संक्रमित भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा २ हजार ७७७ जनाको ज्यान गएको छ भने ८६ हजार ३७६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६४८ जना संक्रमित भएका छन् ।

    कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् ।

    यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ८१ हजार ७५२ जना संक्रमित भएका छन् भने २ जहार ६३१ जनाको मृत्यु भएको छ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार