Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना अपडेट

    विश्वभर संक्रमितको संख्या १३ करोड नाघ्दा मृतकको संख्या २९ लाख नाघ्यो, नेपाल ५३औं स्थानमा

    विश्वभर संक्रमितको संख्या १३ करोड नाघ्दा मृतकको संख्या २९ लाख नाघ्यो, नेपाल ५३औं स्थानमा

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । डेढ वर्षअघि चीनको बुहानबाट शुरु भएको कोरोना भाइर (कोभिड–१९) को प्रकोप अझै कम हुन सकेको छैन ।

    केही समय अघि कोरोना भइरस संक्रमितको संख्या केही घटेको तथ्यांक सार्वजनिक भए पनि अहिले फेरि विश्वभर नै कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ ।



    पछिल्लो समय त कोरोना भाइरसको नयाँ भेरियन्ट आएपछि समस्या झन चर्किदै गएको छ । त्यसको असर नेपालमा पनि देखिन थालिसकेको छ ।



    हालसम्म विश्वभर १३ करोड ५२ लाख ९५ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १० करोड ८८ लाख ५९ लाख ९१७ जनाले कोरोनालाई जितिसकेका छन् ।

    त्यसो त हालसम्म विश्वभर २९ लाख २८ हजार ५५९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

    कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ३ करोड १८ लाख २ हजार ७७२ जना संक्रमित फेला परेका छन् भने २ करोड ४३ लाख ४६ हजार ७६६ जनाले कोरोनालाई जितोका छन् । त्यसैगरी हालसम्म ५ लाख ७४ हजार ८४० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

    यसैगरी संक्रमित संख्याकोे आधारमा दोस्रो नम्बरमा ब्राजिल, तेस्रोमा भारत, चौथोमा फ्रान्न र पाँचौमा रसिया रहेका छन् ।

    हालसम्म नेपाल भने ५३औं स्थानमा छ । नेपालमा २ लाख ७९ हजार ३८८ जनामा कोरोना पुष्टि हुँदा २ लाख ७३ हजार ७३५ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म ३ हजार ३८ जनाको मृत्यु भएको छ ।

    यस्तो छ कोरोना संक्रमित संख्याको आधारमा टप १० देशहरुको सूची

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार