Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण

    कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३७५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा रातीको १०ः१५ बजे जारी विज्ञप्तिमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।



    नयाँ संक्रमितमा धनुषाका २ जना पुरुष, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ निवासी २० वर्षीय युवक, बाँके नैनापुरका १२ जना पुरुष, दैखेख आठबीस–१ का १ जना पुरुष, झापा र सुनसरीका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।



    आज पहिलो पटक कर्णाली प्रदेशमा पनि १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आज बेलुकाको प्रेस विज्ञप्तिले नेपालका सातै वटा प्रदेशमा संक्रमण फैलिएको पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार