Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुरका पहिलो कोरोना संक्रमित ईडीसीडीका डाक्टर

    ललितपुरका पहिलो कोरोना संक्रमित ईडीसीडीका डाक्टर

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    ललितपुर । ललितपुरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका व्यक्ति चिकित्सक भएको खुलेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का ललितपुर निवासी चिकित्सकमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।



    उनी संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न भएकाले कारोनाको संक्रमण देखिएको बताइएको छ ।



    आज थपिएका २७ संक्रमितमध्ये ललितपुरका चिकित्सक एक थिए ।

    नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार