Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण

    नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    ललितपुर । नेपालमा पहिलो पटक चिकित्सकलाई नै कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ ।

    आज थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक चिकित्सक हुन् भने यो नै ललितपुरका लागि पहिलो केस हो ।



    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा कार्यरत ति चिकित्सकमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।



    उनी संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न भएकाले कारोनाको संक्रमण देखिएको बताइएको छ ।

    स्रोतका अनु्सार कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका बेला उनमा संक्रमण फैलिएको हुनसक्ने बताइएको छ ।

    नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार