Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकैदिन थपिए ३२ काेराेना संक्रमित

    एकैदिन थपिए ३२ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडाैं । मंगलबार एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर मंगलबार ३२ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयकाे स्राेतले दिएकाे छ। योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ।

    केही बेरअघि मात्र धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्। तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पाँच जनाको विवरणबारे औपचारिक जानकारी दिएको छैन। धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्।



    यीबाहेक मंगलबार थपिएका संक्रमितहरूमा काठमाडौंका ३, झापाका ९, कपिलवस्तुका ४ र सर्लाहीका २ जना छन्। यस्तै सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ र नवलपरासीका एक-एक जना छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार