Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरी र स्वास्थ्यकर्मीसहित ५ जनामा काेराेना संक्रमण

    प्रहरी र स्वास्थ्यकर्मीसहित ५ जनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । धनकुटामा प्रहरी र स्वास्थ्यकर्मीसहित ५ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ। तीन जना स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

    संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका विपीका सहायक प्रवक्ता डा अशोक ऐरले बताए ।



    धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।



    उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । सोमबार धनकुटा अस्पतालकी नर्समा संक्रमण देखिएपछि ८३ जनाको नमुना संकलन गरिएको थियो । यो ससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४०७ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार