Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालिमाटी वृत्तमा कार्यरत सई र जवानलाई कोरोना संक्रमण

    कालिमाटी वृत्तमा कार्यरत सई र जवानलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौंकाे महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कालिमाटी वृत्तमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको नेपाल प्रहरी उच्च स्रोतले जनाएकाे छ।

    स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार बस्न दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ ।



    त्यस्तै समुदायमा प्रवेश गरेको कोरोना भाइरसको संक्रमण तीनवटै सुरक्षा निकायमा याे सहित १० जनामा देखिएको हाे ।



    बिशेष गरी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी उक्त संक्रमणकोबाट संक्रमित भएको पाइएको छ । यसअघि नेपाल प्रहरीका तीन, नेपाली सेनाका २ र सशस्त्र प्रहरी बलका ३ जना संक्रमित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार