Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतबाट फर्किएका थप १३ जनामा कोरोना संक्रमण

    भारतबाट फर्किएका थप १३ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । रुपन्देही र कपिलवस्तुमा बुधबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

    भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।



    रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार