Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘भारतीय संचारमाध्यम एबीपी न्युजको पित पत्रकारिता’

    ‘भारतीय संचारमाध्यम एबीपी न्युजको पित पत्रकारिता’

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय संचारमाध्यम एबीपी न्युजले पित पत्रकारिता गरिरहेकाे जिकिर गरेका छन्।

    अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया र जनताले गरेको टिप्पणीको विरोध गर्दै थापाले भारतीय संचारमाध्यम एबीपी न्युजले  पित पत्रकारिता गरिरहेकाे जिकिर गरेका हुन्।



    मन्त्रिपरिषदले भर्खरै भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।



    उक्त निर्णयको समर्थन गर्दा भारतीयको तारोमा परेकी मनिषालाई राप्रपा अध्यक्षले साथ दिँदै भारतीय टिप्पणीको विरोध गरेका हुन्।

    भारतीय मिडियाले मनिषालाई ‘भारतको खाने, चीनको गाउने’ भनेर तुच्छ टिप्पणी गरेका छन्। यसलाई राप्रपा अध्यक्ष थापाले पित पत्रकारिता भनेका छन्। भारतीय नागरिक जो मनिषाका फ्यान छन् उनीहरुले पनि यो अभिव्यक्तिको कडा विरोध गरेका छन्।

    मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

    भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विभिन्न प्रश्न उठाएका छन्। केही घण्टाअघि अभिनेत्री मानिषाले नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार