Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय मिडियाप्रति रुसको कडा असन्तुष्टि, भ्रामक खबर फैलाएको आरोप

    भारतीय मिडियाप्रति रुसको कडा असन्तुष्टि, भ्रामक खबर फैलाएको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । पछिल्लो समय भारतीय मिडियासँग रुसले निकै असन्तुष्टि ब्यक्त गरेको छ । रुसी विदेश मन्त्रालयले भारतीय मिडियाले कजाकिस्तान र युक्रेनको कभरेज गरेको भन्दै उक्त कदमप्रति असन्तुष्टि ब्यक्त गरेको हो।

    यसअघि जनवरी ७ मा रुसले कजाकस्तानमा आफ्ना सेना पठाउनेबारे भारतीय सञ्चारमाध्यममा रिपोर्ट प्रकाशित भएको थियो ।  जसमा भारतस्थित रुसी दूतावासले पनि आपत्ति जनाएको छ । रुसले कजाकिस्तानमा रुसी सैनिकको प्रस्थानको बारेमा भारतीय मिडियाले पूर्ण सत्य नबोलेको बताएको छ ।



    रुसी दूतावासले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘जब कजाकस्तानमा हिंसा भड्कियो र राजनीतिक अस्थिरताको संकट बढिरहेको थियो, हामीले हेरिरहेका थियौँ। कजाकिस्तान हाम्रो मित्र राष्ट्र हो र यसको रुससँग रणनीतिक साझेदारी छ। त्यहाँ भएको हिंसा देशको सुरक्षा र अखण्डतामा खलल पार्ने प्रयास थियो । यसले प्रशिक्षित र संगठित बाह्य समूहहरू प्रयोग गर्यो। कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले सामूहिक सुरक्षा सन्धि संगठन अन्तर्गत मद्दत मागेका छन्। जनवरी ६ मा, संगठनको सामूहिक शान्ति सेना पठाइएको थियो।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार