Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पाकिस्तानी जासुसको ‘हनी ट्रय्राप’ मा परेर इन्जिनियरले मिसाइलबारे गोप्य सूचना चुहाएपछि तनावमा भारत

    पाकिस्तानी जासुसको ‘हनी ट्रय्राप’ मा परेर इन्जिनियरले मिसाइलबारे गोप्य सूचना चुहाएपछि तनावमा भारत

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । एक भारतीय इन्जिनियरले पाकिस्तानी जासु्सको ‘हनि ट्र्याप’मा परेर मिसाइलबारे गोप्य जानकारी चुहाएपछि भारत समस्यामा परेको छ ।

    टाइम्स अफ इन्डियाले यसबारे समाचार प्रकाशित गर्दै गर्दै २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीले सूचना चुहाएको उल्लेख गरेको छ ।



    सूचना ‘लिक’ गरेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले उनीसँग निरन्तर सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ।



    प्रहरी बयानमा रेड्डीले नताशा राव नामकी युवतीसँग प्रेममा परेको बताएकी छन्। फेसबुकमार्फत् चिनजान गरेकी नताशाले विहे गर्ने सपना देखाएर सूचना लिएको उनले बयान दिएका छन्।

    प्रहरीका अनुसार रेड्डीले भारतको मिसाइल कार्यक्रम सम्बन्धमा महत्वपूर्ण जानकारीका साथसाथै पनडुब्बी (पानीभित्र गरिने मिसाइल) सम्बन्धमा पनि सूचना चुहाएका थिए।

    प्रहरीका अनुसार रेड्डी हैदरवादस्थित डीआरडीएलमा कार्यरत छन्। मिसाइलबारे उनी प्रगति विवरण लिने काम गर्ने गरेको र मिसाइलको प्रविधिबारे उनलाई सबै ज्ञान भएको समाचारमा उल्लेख छ।

    सम्पूर्ण गोप्य सूचनाहरु पकिस्तानले पत्ता लगाएपछि भारत तनावमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार