Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • नेपालले नयाँ नक्सा सार्वजनिक गर्दा झुटको खेती गर्दै भारतीय मिडियाहरु

    नेपालले नयाँ नक्सा सार्वजनिक गर्दा झुटको खेती गर्दै भारतीय मिडियाहरु

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नेपालको नक्सा सार्वजनिक गरेपछि  भारतमा हंगामा मच्चिएको छ। अझ भारतीय मिडियाहरुले त नेपाल बिरोधि मिसन नै बनाएर समाचार प्रसारण गर्न थालेका छन्।

    मङ्गलवार प्रधानमन्त्री  ओलीले संसद्मा भारतले कब्जा गरेको नेपाली भूमि प्रमाणको आधारमा फिर्ता लिएरै छाड्ने वताएका थिए । आजै मात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।



    त्यसपछि भारतीय सञ्चारमाध्यममा नेपाल बिरुद्द अनेकौँ लाञ्छना सहितका समाचारहरू  प्रसारण भइरहेका छन् ।



    उनीहरू अहिले नेपालका प्रधानमन्त्री केपी ओलीलाई चीनको गुलाम बनेको भन्दै बदनाम गर्ने कोसिस गरिरहेका छन् ।

    भारतीय टिभी च्यानल एबिपी न्युजले नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमणको बेलाको फुटेज देखाउँदै नेपाल चीनको मोहोरा बनेको भनिरहेको छ । सो टेलिभिजनले चीनका राष्ट्रपति सी जिनपिंगको तस्बिर राखेर नेपालका प्रधानमन्त्री समेत लेखेको छ ।

    भारतीय टेलिभिजनले कति भ्रामक समाचार प्रसारण गरिरहेको छ भने उसले प्रधानमन्त्री ओलीले विश्व आर्थिक मञ्चमा बोलिरहेको तस्बिर राखेर उनले हामी चीनलाई आफ्नो जमिनको प्रयोग उसको ……( हम चीनको अपनी जमिनका इस्तेमाल उसके …..) भन्दै समाचार प्रसारण गर्दैछ । जबकि हाम्रा प्रधानमन्त्रीले चीनलाई उसको हितमा नेपालको जमिन प्रयोग गर्न दिने कुरा वा प्रसङ्ग कहीँ कतै कुनै मन्तव्यमा उठाएका छैनन् ।

    अरू त अरू बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा समेत अस्पष्ट र भ्रामक समाचार प्रकाशन गरिएको छ । नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको अर्कै प्रसङ्गको ट्विटको स्क्रिन सट राखेर समाचारमा भने अर्कै कुरा लेखिएको छ । समाचारको शीर्षकमा चीनले नेपाललाई निराश पारेको भनिएको छ तर भित्र त्यस्तो कुनै कुरा छैन ।

    भारतलाई नै आफ्नो कर्मथलो बनाएकी नायिका मनीषा कोइरालाले नयाँ नक्सा प्रकाशित गर्ने नेपाल सरकारको निर्णयको प्रशंसा गरेपछि भारतीय मिडिया उनी बिरुद्द समेत खनिएका छन् । मनीषालाई समेत चीनको गुलामी गरेको आरोप उनिहरुले लगाइरहेका छन् ।

    पाँच बर्ष अघि  भूकम्पको पिंडामा रहेको बेला भारतले नेपालमा मानवताबिरोधी नाकाबन्दी लगाएर पिडा दिएको थियो। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार