Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दार्चुलाको घाँटीबगरमा पुग्यो नेपाली सेना

    दार्चुलाको घाँटीबगरमा पुग्यो नेपाली सेना

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    दार्चुलाको व्यास गाउँपालिका २ घाँटीबगर इलाकाको थी भन्ने स्थानमा बाटो निर्माणका लागि फौज बोकेर पुगेको नेपाली सेनाको एमआई १७ हेलिकप्टर । तस्बिर : नेपाली सेना

    काठमाडौं । नेपाली सेनाको एक सेक्सन प्लस फौज दार्चुलाको घाँटीबगर क्षेत्रमा पुगेको छ ।

    मन्त्रिपरिषदको गत वैशाख १४ गतेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरीतर्फ रहेको ८७ कि।मि। सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो ।



    जसअनुसार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।



    सो सडक खण्ड अन्तरगत त्यहाँ तैनाथ सेनाले दार्चुलाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो–घोडेटो बाटो निर्माण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘व्यास गाँउपालिका २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाइको ४५० मिटर गोरेटो(घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त आज घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ ।’

    चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवार सो बाटो निर्माणपछि लाभान्वित हुनेछन् ।

    घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिले सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।

    सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दा नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार