Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चितवनमा कोराना पृष्टि भएका व्यक्ति भारतबाट आएका थिए

    चितवनमा कोराना पृष्टि भएका व्यक्ति भारतबाट आएका थिए

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    चितवन । भरतपुर महानगर वडा नम्बर ६ गितानगर केशरबाघ निवासी दुई जनामा कोरोना पृष्टि भएको छ । त्यस्तै भरतपुर महानगर वडा नम्बर ६  वस्ने बर्ष ७३ का महिला र बर्ष ७४ का पुरुष तथा विनय त्रिवेणी गाउँपालिका वडा न ६ नवलपरासी वस्ने वर्ष ४५ का पुरुषको पोजेटिभ पुष्टि भएको छ ।

    ७३ वर्षका महिला र ७४ वर्षका पुरुष गत जेष्ठ ३ गते भारतबाट अन्य रोगको उपचार गरि नेपाल फर्किएका थिए भने ४५ वर्षका पुरुष जेष्ठ १ गते भारतको गुजरातवाट आएका थिए ।



    उनीहरुको हाल कोरोना विशेष अस्थाई अस्पतालमा उपचार भईरहेको छ ।  उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।



    चितवनमा नयाँ संक्रमित संख्या थपिएसंगै कुल संक्रमितको संख्या ५ पुगेको छ । चितवनका संक्रमित मध्य यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने एक जना काठमाडौंमै उपचारत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार