Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनुष्कालाई विवादित भिडियो हटाउन कानुनी पत्र

    अनुष्कालाई विवादित भिडियो हटाउन कानुनी पत्र

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । भारतीय नायिका समेत रहेकी निर्मात्री अनुष्का शर्मालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । उनले निर्माण गरेको वेभ सिरिज पाताल लोकमा समावेश एक विवादित भिडियो हटाउन कानुनी पत्र (लिगल नोटिस) पठाइएको हाे ।

    नेपाली केटीलाई अपशब्द प्रयोग गर्दै अपमान तथा गालीगलौज गरेको भिडियो हटाउन लिगल नोटिस पठाइएको हो । नोटिसमा भिडियोमा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली नारीको अपमान भएकाले अनुष्काले माफी मागेर भिडियो हटाउन माग गरिएको छ ।



    चौतर्फी विरोधपछि अनुष्कालाई कानुनी पत्र पठाइएको जुम टीभी इन्टरटेन्टमेन्टले जनाएको छ । इन्टरटेन्टमेन्टका तर्फबाट वीरेन श्री गुरुङले अनुष्कालाई नोटिस पठाएको बताए । गुरुङले सिरिजको पाताल लोकको दोस्रो शृंखलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको बताएका छन् । अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने र यसो नभए ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने नोटिसमा उल्लेख छ ।



    यसले नेपालको सार्वभौममाथि प्रहार गरेको भन्दै नेपाली नायिकाहरूले सुरुमा आवाज उठाएका थिए । नायिका रेखा थापा, सरिता लामिछाने, ऋचा शर्मा, केकी अधिकारीलगायतले भिडियो हटाउन माग गरेका थिए ।

    अरुणाञ्‍चलको गोर्खा समाजले पनि यो शृंखलाले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ । गोर्खा एसोसियसन इन अरुणाञ्चलले निर्मात्री अनुष्का शर्माले माफी माग्नुपर्ने भन्दै यो प्रसारण बन्द गराउन माग गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार