Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एकै परिवारका १८ जनाले जित कोरोना

    एकै परिवारका १८ जनाले जित कोरोना

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    वीरगन्ज । ४ महिने शिशुसहित पर्साका एकै परिवारका १८ जनाले कोरोना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन्। आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट उनीहरू संक्रमण मुक्त भइ घर फर्किएका हुन् ।

    डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि लिएर ६२ वर्षकी वृद्ध महिलासम्म छन् । डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेको अस्प्तालका फिजिसियन डा. उदयनारायण सिंहले जनाए । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।



    गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुष वडा नम्बर ३ को राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधिसमेत थिए । गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।



    दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार