Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुगेकाे छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, पोखराले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी
    दिएसँगै संक्रमितको संख्या सात सय ७८ पुगेकाे हाे ।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ। नयाँ संक्रमित बाग्लुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका दुई र बाग्लुङकै तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवा छन्।



    बुधबार संक्रमण पुष्टि भएका बाग्लुङ सबै भारतबाट आएका हुन्। भारतीय सीमानाकाबाट उद्धार गरेर ल्याइएका तमानखोला गाउँपालिकाका आठजनाको स्वाब परीक्षण गरिएको थियो।



    हाल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरूलाई बाग्लुङ सदरमुकामस्थित सरकारी अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार