Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप ६९ जनामा कोरोना पुष्टि, रौतहटमा मात्रै ३५ जना थपिए

    थप ६९ जनामा कोरोना पुष्टि, रौतहटमा मात्रै ३५ जना थपिए

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । आज (बुधबार) थप ६९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढि रौतहटमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

    त्यसैगरी झापामा १७, बारामा ८, बाग्लुङमा ६, सिराहामा २ र मकवानपुरमा १ जनामा कोरोना पुष्टि भएको हो ।



    रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २÷२ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यसैगरी झापाको केचनकवल गाउँपालिकाका १५ र गौरादह नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो भने बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै बाग्लुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका २ र तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवामा कोरोना पुष्टि भएको हो ।

    सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने मकवानपुरकी संक्रमित २५ वर्षीया युवती चितवनबाट गत जेठ ९ गते घर(हेटौंडा) पुगेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार