Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश २ मा थप ७४ जनामा संक्रमण

    प्रदेश २ मा थप ७४ जनामा संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    जनकपुरधाम । प्रदेश २ मा थप ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

    प्रदेश २ मा बिहीबार ७४ जना कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ प्रशासकीय अधिकृत तथा सूचना अधिकारी विजय झाले जानकारी दिएका छन्।



    बिहीबार पुष्टि हुनेमा सबैभन्दा बढी धनुषामा २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १२ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको झाले बताए। यसभन्दा पहिले बुधबारमात्र प्रदेश २ मा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रदेशमा संक्रमितको संख्या ४०० पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार