Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोनाले विश्वभर ३ लाख ६२ हजारको मृत्यु, ५९ लाखभन्दा बढी संक्रमित

    कोरोनाले विश्वभर ३ लाख ६२ हजारको मृत्यु, ५९ लाखभन्दा बढी संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वभर एकैदिन अरू ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको हो । शुक्रबार बिहान ७ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७१ हजार ५६८ जनाको मृत्यु भएको छ ।

    १९ लाख ६९ हजार ८९९ जना संक्रमित भएकोमा ९ लाख ४८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।



    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २० हजार ६२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ८४ हजार ६७७ पुगेको छ । त्यसमध्ये ६ लाख २४ हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।



    यस्तै एसियाली मुलुकहरुमा २९ हजार १२० जनाको मृत्यु भएको छ । १० लाख ५१ हजार २६६ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ३६ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ४८८ जना संक्रमित भएकोमा ३ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ३ हजार ८१४ जनाको ज्यान गएको छ भने १ लाख ३१ हजार ५८७ जना संक्रमित छन् । संक्रमितमध्ये ५५ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७५९ जना संक्रमित भएकोमा ८ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ ।

    संक्रमित १७ लाख ६८ हजार ४६१ जनामध्ये ४ लाख ९८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

    विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार ६५८ पुगेको छ ।

    यस्तै एकैदिन अरू ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको हो ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् ।

    २९ लाख ६२ हजार ८६५ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९७५ जनाको अवस्था गम्भीर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार