Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय नागरिकले सशस्त्र प्रहरीकाे हतियार लुट्न खाेजेपछि गाेली चल्याे

    भारतीय नागरिकले सशस्त्र प्रहरीकाे हतियार लुट्न खाेजेपछि गाेली चल्याे

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । सीमावर्ती क्षेत्र सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतीय एक समूहबीच झडप भएको छ।

    बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले र भारतीय समूहबीच झडप भएको हाे।



    प्रहरी टाेलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएकाे छ।



    ३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार