Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँकेमा हाइस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु

    बाँकेमा हाइस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बाँकेमा गएराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २२ जना घाइते भएका छन्।

    नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी(२ स्थित ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो।



    राति १२ बजेतिर भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार