Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँके दुर्घटना : मृतक संख्या १२ पुग्यो, ३ जनाको अवस्था गम्भीर

    बाँके दुर्घटना : मृतक संख्या १२ पुग्यो, ३ जनाको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



    बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।



    दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार