Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाका कारण बलिउड संगीतकार वाजिद खानको मृत्‍यु

    कोरोनाका कारण बलिउड संगीतकार वाजिद खानको मृत्‍यु

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं। दुई वर्षअघि मृगौला प्रत्यारोपण गरेका बलिउड संगीतकार वाजिद खानको निधन भएको छ।  उनमा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    घाटीमा इन्फेक्सन भएका उनी मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचाररत थिए। आइतवार साँझ उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



    वाजिद खानको गीत ‘भाई-भाई’ एक हप्ता पहिले रिलिज भएको थियो। जसमा सलमान खानको अभिनय रहेको छ।



    वाजिद आफ्ना भाई साजिद खानसँग मिलेर संगीत बनाउथे। बलिउडमा वाजिद-साजिदको जोडी लोकप्रिय मानिन्छ। वाजिद १९९८ मा सलमान खानको फिल्म ‘मैने प्यार किया’बाट चर्चामा आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार