Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा सुटिङको लागि दिइयाे अनुमति, मेकअप म्यानले पीपीई लगाउनु पर्ने

    भारतमा सुटिङको लागि दिइयाे अनुमति, मेकअप म्यानले पीपीई लगाउनु पर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्रमा विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । त्यहाँकाे प्रान्तिय सरकारले छायांकन युनिटले सरकारले तोकेको शर्तहरूको पालना गरी सुटिङलाइ निरन्तरता दिन सकिने जनाएकाे छ,

    राज्यको संस्कृति मन्त्रालयले जारी गरेको शर्तअनुसार नै निर्माताले काम गर्नुपर्नेछ । नियम पालना नगरेको खण्डमा छायांकन रोक्न सकिने मन्त्रालयले बताएको छ ।



    महाराष्ट्र सरकारले १६ पेज लामो गाइडलाइन प्रस्तुत गरेको छ। जसमा छायांकनको समयमा मास्क लगाउनुपर्ने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, छायांकन सेटमा सामाजिक दुरी कायम गर्नुपर्ने, छायांकनको समयमा भिड जम्मा गर्न नपाइने, छायांकन सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, गर्भवती कलाकारलाई छायांकनमा ल्याउन नपाइने, ६५ वर्षभन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायांकनमा काम गराउने नपाइनेलगायतका नियम छन् ।



    नयाँ नियमअनुसार छायांकन सेटमा बढीमा ३३ जना मात्र सदस्य रहनुपर्नेछ। निर्माताहरूलाई महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेसन, दादा साहेब फाल्के चित्रनगरीका साथै मुम्बई बाहिर छायांकनका लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिनुपर्नेछ । भारतमा लामो समयदेखि जारी लकडाउनका कारण चलचित्र, सिरियल, रियालिटी सोलगायतको छायांकन रोकिएको थियो। अब, बिस्तारै छायांकन सुरु गर्ने तयारीमा निर्माताहरू लागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार