Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वडाध्यक्ष नै प्रहरी चौकी तोडफोडमा उत्रिएपछि

    वडाध्यक्ष नै प्रहरी चौकी तोडफोडमा उत्रिएपछि

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । जनप्रतिनिधि नै देश र जनताको सुरक्षामा खटिएको प्रहरीविरुद्ध उत्रिएको भन्दा तपाई हामीलाई पत्यार नलाग्न सक्छ । ्

    तर, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा यस्तै घटना भएको् छ ।



    ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार १३ नम्बर वडाध्यक्ष दीपक केसीसहितको टोलीले तोडफोड गरेको हो ।



    मोटरसाइकलमा आएका केसी सहितको टोलीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै मंगलबारबेलुकी ८ बजेतिर आक्रमण गरेको हो ।

    पहिले प्रहरीसँग झगडा गरेका केसीले पछि झण्डै २ दर्जन युवाहरुलाई बोलाएर तोडफोड गर्न लगाएको प्रहरीको भनाई छ ।

    चौकी इन्चार्ज असई धनबहादुर साउदले चौकीमा ढुंगामुढा गरेको बताए । हिजोको आक्रमणपछि बुधबार बिहानदेखि प्रहरी डिउटीमा छैनन् ।

    घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगे पनि वडाध्यक्षसहित आक्रमणमा संलग्न अन्यलाई भेटाउन नसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार