Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • विदेशबाट नेपालीलाई ल्याउने पहिलो उडान नै रोकियो

    विदेशबाट नेपालीलाई ल्याउने पहिलो उडान नै रोकियो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहलाई ल्याउनका लागि तयार गरेको आजको उडान नै रोकिएको छ ।

    संयुक्त अरब इमिरेट्स (यूएई) बाट शुक्रबार नेपालीलाई ल्याउने भनिएको पहिलो उडान रोकिएको हो ।



    यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो ।



    पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो ।

    तर, अन्तिम समयमा आएर यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएपछि उडान रोकिएको बताइएको छ ।

    १ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार