Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निकम्मा सरकार : बिदेशी एयरपोर्टमा नेपालीलाई बोलाएर उडान स्थगित

    निकम्मा सरकार : बिदेशी एयरपोर्टमा नेपालीलाई बोलाएर उडान स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल सरकारले गरेका पछिल्ला निर्णयहरु प्रायजसो विवादमा पर्दै आएको कुनै नौलो होइन । केही समयअघि सरकारले ल्याएका विधेयकहरु विवादित बने । यसको बारेमा अहिले प्रष्ट पारिरहनु नपर्ला ।

    यो मात्रै होइन सरकारी कामकाज पनि उत्तिकै विवादमा पर्ने गरेका छन् । स्थानीय तहदेखि केन्द्रसम्मले गरेका काम र निर्णयहरु उत्तिकै विवादित छन् । यसका उदाहरण जति पनि छन् । तर, आज हामी सरकारको पछिल्लो निर्णको बारेमा मात्र जानकारी गराउँदै छौं ।



    प्रसंग हो, दुबइमा अप्ठेरोमा परेका नेपाली लिन पुगेको नेपाल एयरलाइन्सको । सरकारले विभिन्न देशमा अप्ठेरोमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइरहेको छ ।



    तर, सरकारको गैरजिम्मेवारी पनकै कारण पछिल्लो समय अप्ठेरोमा परेका यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।

    अचानक सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा नेपाल फर्कन तयार भएका करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् ।

    सबै प्रक्रिया पूरा गरेर स्वदेश फर्कन एयरपोर्टमा पुगिसकेका उनीहरु अब झन अलपत्र पर्ने भएका हुन् ।

    कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न निर्देशन दिएपछि यस्तो संकट उत्पन्न भएको हो ।

    सीसीएमसीले विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न निर्देशन दिएको हो ।

    जसका कारण नेपालीलाई उद्धार गर्न दुबई पुगेको नेपाल एयरलाइन्सको जहाज रित्तै फर्कन लागेको बताइएको छ । यसले के पुष्टि गर्छ भने सरकारले गरेका कतिपय निर्णयहरुका कारण सरकार नै निकम्मा जस्तो बनेको छ ।

    यदि यस्तो होइन भन्ने तर्क गरिन्छ भने सीसीएमसीका प्रमुख रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलाई नेपालको अवस्था कस्तो छ भनेर ज्ञान नभएको हो र ?

    नेपालको अवस्था यस्तो छ भन्ने जान्दाजान्दै किन नेपालीहरुलाई एयरपोर्टमा बोलाउनु र सँधै घाटा भएको नेपाल एयरलाइन्सको विमानलाई किन दुबई पठाउनु ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार