Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मलेसियाबाट एकैदिन २१ जना श्रमिकको शव र अस्तु ल्याइयो

    मलेसियाबाट एकैदिन २१ जना श्रमिकको शव र अस्तु ल्याइयो

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । मलेसियाबाट आज ६ जना नेपाली श्रमिकको शव र १५ श्रमिकको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीमा गएका उनीहरुको विभिन्न कारणबाट मृत्यु भएको थियो ।

    नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आज आफन्तलाई बुझाइएको हो । आज ल्याइएका २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् ।



    परिवारका सदस्यहरुले अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताएका छन् । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार