Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • विचौलियामार्फत् युरोप छिर्न हिँडेका ११ नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र

    विचौलियामार्फत् युरोप छिर्न हिँडेका ११ नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौँ । रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन् ।

    उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए ।



    जर्मनीको लागि नेपाली राजदुत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गरे ।



    खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार