Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युएईबाट १५१ जना नेपाल फर्किए, आरडीटी पोजटिभ आएपछि तीन जना आउन पाएनन्

    युएईबाट १५१ जना नेपाल फर्किए, आरडीटी पोजटिभ आएपछि तीन जना आउन पाएनन्

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । युएईबाट आज (आईतबार) १५१ जना नेपाली स्वदेश फर्किदै छन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किएका हुन् ।

    आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु नेपालका लागि प्रस्थान गरेका हुन् । एच–९ ५६७२ नम्बरको उक्त विमानमा २ जना बच्चा सहित २६ जना महिला र १ सय २३ जना पुरुषहरु छन् ।



    तर, नेपाल आउनका लागि विमानस्थल पुगेका तीन जना नेपाली भने आउन पाएनन् । उनीहरुको आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिपछि उनीहरु आउन नपाएका हुन् ।



    नेपाल फर्किनेहरुमा जेष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेको दूतावासले जनाएको छ ।

    युएईबाट नेपालमा आज ३ वटा उडान हुँदैछन् । हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र फ्लाइ दुवईले काठमाडौंमा उडान भर्न लागेका हुन् ।

    यहि तालिका अनुसार आजै नेपाल एयरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११ः १० मा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत उडान हुनेछ भने फ्लाई दुवईको उडान ८ बजे हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार